Thursday, July 30, 2026
बिहीबार, श्रावण १४, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.28 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
अर्थ

स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट, नर्सको रात्रिकालीन भत्ता दोब्बर

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै स्वास्थ्य सेवाको गुणस्तर सुधार र स्वास्थ्यकर्मीको मनोबल बढाउने उद्देश्यसहित विभिन्न कार्यक्रम घोषणा गरेका हुन्।

गत आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट छुट्याइएको थियो। यस वर्ष स्वास्थ्य क्षेत्रको बजेटमा उल्लेख्य वृद्धि गरिएको छ।

सरकारले अस्पतालमा कार्यरत नर्सहरूको रात्रिकालीन (नाइट ड्युटी) भत्ता १०० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ। हाल नर्सहरूले नाइट ड्युटी गरेबापत प्राप्त गर्दै आएको १५० रुपैयाँ भत्ता अब दोब्बर हुने भएको छ।

त्यसैगरी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिने यातायात खर्चमा पनि ५० प्रतिशत वृद्धि गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए।

सरकारको यो निर्णयले नर्स तथा महिला स्वास्थ्य स्वयंसेविकाको मनोबल बढ्नुका साथै स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन र सेवा विस्तारलाई प्राथमिकतामा राख्दै सरकारले बजेटमार्फत विभिन्न सुधारका कार्यक्रम अघि सारेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्