Friday, July 31, 2026
शुक्रबार, श्रावण १५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.35 SELL BHD/NPR 410.61 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

मेयर हुँदा राखेको ‘ग्रेटर नेपाल’ नक्सा प्रधानमन्त्री कार्यालयमा किन छैन? बालेनलाई एमाले सांसदको कडा प्रश्न

काठमाडौं। नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले काठमाडौँ महानगरपालिकाका प्रमुख तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई ‘ग्रेटर नेपाल’ नक्साबारे कडा प्रश्न गरेकी छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद श्रेष्ठले बालेन मेयर हुँदा सार्वजनिक रूपमा राखिएको ‘ग्रेटर नेपाल’ नक्सा अहिले कहाँ छ भन्ने प्रश्न उठाउँदै प्रधानमन्त्री कार्यालयमा पनि सो नक्सा राख्न माग गरिन्।

उनले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष KP Sharma Oli भन्दा ठूलो राष्ट्रवादी भनेर जनताले विश्वास गरेर मत दिएको स्मरण गराउँदै बालेनप्रति व्यंग्यात्मक प्रश्न गरिन्।

श्रेष्ठले भनिन्, “तपाईं मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खै? प्रधानमन्त्री कार्यालयमा किन छैन?”

सांसद श्रेष्ठले भारतसँगको लिपुलेक व्यापारिक मार्गसम्बन्धी विषयमा सरकार मौन रहेको आरोप पनि लगाइन्। उनले सरकारको आधिकारिक फेसबुक पेजमार्फत मात्र पत्राचार गरेर नपुग्ने भन्दै तत्काल ठोस कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता औंल्याइन्।

बैठकमा उनले सरकारलाई राष्ट्रिय हितसँग सम्बन्धित विषयमा गम्भीर भएर अघि बढ्न आग्रह गर्दै कूटनीतिक सक्रियता बढाउन ध्यानाकर्षण गराएकी थिइन्।

यसैबीच, सांसद श्रेष्ठले प्रधानमन्त्री Balen Shah को कार्यशैलीप्रति पनि प्रश्न उठाउँदै संवेदनशील विषयमा स्पष्ट र जिम्मेवार भूमिका आवश्यक रहेको बताइन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्