Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १२, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
मनोरञ्जन

‘धुरन्धर २’ को ट्रेलर रिलिज, रणवीर सिंहको एक्शनले मच्चायो तहल्का

मुम्बई । बलिउड अभिनेता Ranveer Singh अभिनित बहुप्रतिक्षित फिल्म ‘धुरन्धर २: द रिभेन्ज’ को ट्रेलर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चा चुलिएको छ। ट्रेलरमा देखिएको दमदार एक्सन, गम्भीर पृष्ठभूमि संगीत र रणवीरको खतरनाक अवतारले दर्शक मात्र होइन, बलिउडका ठूला कलाकारहरूलाई पनि प्रभावित बनाएको छ। ट्रेलर सार्वजनिक भएको छोटो समयमै युट्युबसहित विभिन्न डिजिटल प्लेटफर्ममा लाखौँ भ्युज बटुल्दै यसले व्यापक प्रतिक्रिया पाइरहेको छ।

ट्रेलर सार्वजनिक भएसँगै बलिउडका चर्चित कलाकारहरूले पनि आफ्नो प्रतिक्रिया दिन थालेका छन्। अभिनेत्री Alia Bhatt ले सामाजिक सञ्जालमार्फत ट्रेलरप्रति उत्साह व्यक्त गर्दै यसलाई “आउट अफ कन्ट्रोल” भन्दै प्रशंसा गरेकी छन्। उनले रणवीर सिंहको अभिनय र शारीरिक रुपान्तरणलाई “बिस्ट मोड अन” भन्दै सराहना गरेकी हुन्।

यस्तै, ‘बलिउडका ग्रीक गड’ भनेर चिनिने अभिनेता Hrithik Roshan ले पनि ट्रेलरमा प्रतिक्रिया दिँदै रणवीर सिंहको कामको खुलेर प्रशंसा गरेका छन्। उनले ट्रेलरलाई प्रभावशाली र उत्कृष्ट भन्दै फिल्मप्रति सकारात्मक प्रतिक्रिया दिएका हुन्। रोचक कुरा के छ भने, यसअघि फिल्मको पहिलो भागको राजनीतिक विषयवस्तुप्रति असहमति जनाएका ऋतिकले यसपटक भने सिक्वेलको ट्रेलरलाई खुलेर तारिफ गरेका छन्।

रणवीर सिंहको यस फिल्मप्रति बलिउडका अन्य हस्तीहरूको पनि सकारात्मक प्रतिक्रिया आएको छ। चर्चित निर्देशक Ram Gopal Varma र Rohit Shetty ले पनि ट्रेलरको प्रशंसा गर्दै फिल्म टोलीलाई बधाई दिएका छन् र यसको सफलताको कामना गरेका छन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्