Wednesday, July 29, 2026
बुधबार, श्रावण १३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.00 SELL AUD/NPR 108.37 SELL BHD/NPR 409.15 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
विदेश

कानून मन्त्रालयमा अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमसँग शिष्टाचार भेट, शासकीय सुधार र कानूनी सहकार्यमा छलफल

नेपालका लागि अमेरिकी राजदूतावासका कार्यवाहक राजदूत श्री स्कट अर्बम (Mr. Scott Urbom) ले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।

भेटका क्रममा उहाँले मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। सो अवसरमा नेपाल सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमार्फत भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा देखाएको प्रतिबद्धताले अमेरिकी कम्पनीहरूलाई नेपालमा लगानी गर्न थप उत्साहित बनाएको धारणा व्यक्त गर्नुभयो।

छलफलका क्रममा मन्त्रीले अमेरिकी सरकारसँग पारस्परिक कानूनी सहायतासम्बन्धी विषयमा मन्त्रालयले आवश्यक पूर्वतयारी गरिसकेको उल्लेख गर्दै अब त्यसलाई निष्कर्षमा पुर्‍याउने गरी अघि बढ्नुपर्ने बताउनुभयो।

त्यस्तै मानव बेचविखन तथा ओसारपसार नियन्त्रण, लगानी प्रवर्द्धन र पूर्वाधार विकाससँग सम्बन्धित समसामयिक कानूनी सुधारका विषयमा पनि दुवै पक्षबीच सार्थक छलफल भएको मन्त्रालयले जनाएको छ।

मन्त्रीले न्यायमा सहज पहुँच सुनिश्चित गर्न मन्त्रालयले नेपालको संघीय संरचना अनुसार तीनै तहका कानूनहरूलाई एउटै डिजिटल प्लेटफर्ममार्फत पहुँचयोग्य बनाउने गरी डिजिटाइजेसनको काम अघि बढाइरहेको जानकारी पनि दिनुभयो।

त्यसैगरी उहाँले एकीकृत कानूनी सहायता प्रणाली विस्तार र संक्रमणकालीन न्यायका विषयमा अमेरिकी सरकारसँग सहकार्य गर्न नेपाल खुला रहेको सन्देश समेत दिनुभयो।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्