Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १२, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

प्रधानमन्त्री कप क्रिकेटः अनिलको कप्तानीमा मधेशको टोली घोषणा

मधेश प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि १५ सदस्यीय टोली सार्वजनिक गरेको छ। बिहीबार मधेश प्रदेश क्रिकेट संघले राष्ट्रिय खेलाडी अनिल साहको कप्तानीमा टोली घोषणा गरेको हो।

टोलीमा पवन सर्राफ, रुपेश सिंह, आदिल अंसारी, रञ्जित कुमार, अरनिको यादव, महमद समीर, निरज यादव, अभिषेक तिवारी, विशाल पटेल, हिमांशु दत्त, मयन यादव, विशाल सुस्लिङ, आशिक बैठा र प्रदीप पासवान समावेश छन्।

संघका कोषाध्यक्ष सुवास जयसवालका अनुसार बारा, पर्सा र सप्तरीमा तीन चरणमा गरिएको छनोट प्रतियोगिताबाट अन्तिम टोली छनोट गरिएको हो। टोलीमा बारा जिल्लाबाट पाँच खेलाडी परेका छन् भने धनुषाबाट तीन, पर्सा र सिरहाबाट दुई-दुई तथा महोत्तरी, सर्लाही र रौतहटबाट एक-एक खेलाडी समेटिएका छन्।

प्रधानमन्त्री कप चैत ७ गतेदेखि मधेश प्रदेशका विभिन्न रंगशालामा सुरु हुँदैछ। उद्घाटन खेल जनकपुरस्थित रामजानकी रंगशालामा हुनेछ, जहाँ कोशी र मधेश प्रदेश आमनेसामने हुनेछन्। सोही दिन वीरगन्जको नारायणी रंगशालामा लुम्बिनी र कर्णालीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताअन्तर्गत फाइनलसहित १९ खेल वीरगन्जमा, उद्घाटनसहित १७ खेल जनकपुरमा र बाँकी १० खेल मुलपानी क्रिकेट मैदानमा सञ्चालन गरिनेछन्। आईसीसी विश्वकप लिग–२ को तयारीका कारण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय रंगशालामा यसपटक कुनै पनि खेल आयोजना नहुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले त्यहाँ तय गरिएका सबै खेल मुलपानीमा सारिएको जनाएको छ।

झण्डै एक महिनासम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरी १० टोली सहभागी रहनेछन्। साविक विजेता नेपाल पुलिस क्लब आफ्नो उपाधि जोगाउने लक्ष्यमा हुनेछ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्