Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १२, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

ललितपुर महानगरपालिकाको ७ अर्ब ४८ करोडको बजेट, पुँजीगत खर्चमा ६ प्रतिशत कटौती

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। महानगरकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले बुधबार नगरसभामा बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याइएको जानकारी दिइन्।

प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ। महानगरले बजेटलाई मितव्ययी, पारदर्शी र औचित्यपूर्ण ढंगले खर्च गर्ने लक्ष्यसहित चालु खर्चको व्यवस्था गरिएको जनाएको छ।

उपमेयर बज्राचार्यले कर्मचारीहरूको तलब वृद्धि, प्रोत्साहन, प्रशासनिक खर्च तथा सामाजिक सुरक्षा भत्ताजस्ता अनिवार्य दायित्वका कारण चालु खर्च बढ्ने प्रक्षेपण गरिएको बताइन्। उनका अनुसार चालु आर्थिक वर्षमा २ अर्ब ९६ करोड ६४ लाख १८ हजार रुपैयाँ विनियोजन गरिएकोमा आगामी वर्षका लागि चालु खर्च करिब २८ करोड रुपैयाँले बढ्ने अनुमान गरिएको छ। यो चालु वर्षको तुलनामा करिब ९ प्रतिशत बढी हो।

त्यसैगरी पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएको छ। चालु आर्थिक वर्षमा पुँजीगत खर्चका लागि ४ अर्ब ५० करोड ७७ लाख २९ हजार रुपैयाँ छुट्याइएको थियो। संघीय तथा प्रदेश सरकारबाट पुँजीगत शीर्षकमा कम बजेट प्राप्त भएकाले आगामी वर्षका लागि पुँजीगत खर्च करिब २७ करोड रुपैयाँले घटाइएको महानगरले जनाएको छ। यो चालु वर्षको तुलनामा ६ प्रतिशत कम हो।

महानगरले वडास्तरीय कार्यक्रम तथा विभिन्न विषयगत क्षेत्रका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिएको जनाएको छ।

बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबाट मासिक रूपमा प्रगति प्रतिवेदन लिने व्यवस्था गरिएको उपमेयर बज्राचार्यले बताइन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्