Friday, April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 40.45 SELL AUD/NPR 104.55 SELL BHD/NPR 393.80 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
खेलकुद

आईसीसी टी२० विश्वकप २०२६ फाइनल: भारत vs न्युजिल्यान्ड

आईसीसी टी२० विश्वकप २०२६ को उपाधिका लागि आज सह-आयोजक भारतले न्युजिल्यान्डसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । फाइनल खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।दुई पटकको विजेता तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने न्युजिल्यान्ड भारतलाई घरेलु मैदानमा शान्त पार्दै पहिलो विश्वकप उपाधि उचाल्ने अभियानमा छ । भारतले सेमिफाइनलमा अर्को दुई पटकको विजेता इंग्ल्यान्डलाई पराजित गरेको थियो भने न्युजिल्यान्डले दक्षिण अफ्रिकाको अपराजित यात्रालाई सेमिफाइनलमा ब्रेक लगाउँदै फाइनल पुगेको हो ।भारत समग्रमा चौथो पटक र न्युजिल्यान्ड दोस्रो पटक फाइनल खेल्दैछ । विश्वकपमा राम्रो सुरुवात गरेपनि दक्षिण अफ्रिकासँग सुपर ८ मा हारपछि सम्हालिएर अघि बढेको भारतले अर्को दुई पटकको विजेता इंग्ल्यान्डमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो । न्युजिल्यान्डले उतारचढावपूर्ण यात्रा तय गर्दै समूह चरण र सुपर ८ मा एक-एक हार बेहोरेपनि सेमिफाइनलमा दक्षिण अफ्रिकामाथि ९ विकेटको शानदार जित निकाल्दै उपाधि नजिक पुगेको हो । न्युजिल्यान्डको सेमिफाइनल जित एकपक्षिय जस्तै रह्यो । दक्षिण अफ्रिकालाई १६९ रनमै रोकेपछि फिन एलेनले टी२० विश्वकपकै छिटो शतक (३३ बलमा अविजित १००) बनाउँदै न्युजिल्यान्डलाई शानदार जित दिलाएका थिए । फाइनलअघि भारत र न्युजिल्यान्ड दुवै टोली तयार अवस्था छन् । शनिबार भएको प्रि म्याच प्रेस कन्फेरेन्समा न्युजिलयान्डका कप्तान मिचेल सान्टनरले आफूहरु फेभरेट टोली नभएकोले फाइनलमा चुनौती हुने बताए । साथै उनले फाइनलमा घरेलु समर्थकलाई शान्त पार्दै उपाधि जित्ने योजना रहेको पनि सुनाए । भारतका कप्तान सूर्यकुमार यादव भने फाइनलअघि निकै रिल्याक्स मोडमा देखिएका थिए । उनले प्रि म्याच प्रेस कन्फेरेन्समा भारतीय टिमलाई फाइनलमा नेतृत्व गर्न पाउनु विशेष रहेको र सबैजना फाइनलका लागि उत्साहित रहेको प्रतिक्रिया दिए । भारत चौथो पटक टी२० विश्वकप फाइनल खेल्दैछ । यसअघि भारतले सन् २००७ को पहिलो संस्करण र २०२४ मा भएको पछिल्लो संस्करणको उपाधि जितेको थियो । सन् २०१४ को फाइनलमा भने भारत श्रीलंकासँग पराजित भएको थियो । भारत घरेलु मैदानमै उपाधि जित्दै तीन पटक जित्ने कीर्तिमान बनाउने लक्ष्यमा छ । भारत बाहेक वेस्ट इन्डिज (२०१२ र २०१६) र इंग्ल्यान्ड (२०१० र २०२३) ले पनि समान दुई पटक टी२० विश्वकप जितेका छन् । यदी भारतले उपाधि जितेमा तीन पटक जित्ने पहिलो टिमका साथै टी२० उपाधि रक्षा गर्ने पनि पहिलो टिम बन्नेछ । अर्कोतर्फ न्युजिल्यान्डले यसअघि सन् २०२१ मा टी२० विश्वकप फाइनल खेलेपनि अस्ट्रेलियासँग पराजित भएको थियो । त्यसैले यस पटक उपाधि जितेमा ओडिआई/टी२० मै पहिलो उपाधि हुनेछ । ओडिआई विश्वपकमा सन् २०१५ र २०१९ मा फाइनल पुगेपनि न्युजिल्यान्ड पराजित भएको थियो । पछिल्लो एक दशकमा न्युजिल्यान्डले विश्वकपसहित आईसीसीको ५ टुर्नामेन्टमा फाइनल खेलेको थियो । जसमा ओडिआई र टी२० गरी तीन विश्वकप फाइनलमा पराजित भएको थियो भने २०२५ को च्याम्पियन्स ट्रफी फाइनलमा पनि पराजित भएको थियो । सन् २०१९-२१ को पहिलो वर्ल्ड टेस्ट च्याम्पियनसिपमा भने न्युजिलयान्डले भारतलाई हराएर उपाधि जितेको थियो । भारत र न्युजिल्यान्डको यस पटकको फाइनल यात्रा फरक खालको रह्यो । उपाधिको प्रबल दाबेदारको रुपमा रहेको सहआयोजक भारत सुपर ८ मा दक्षिण अफ्रिकासँग एक खेलमा पराजित भएको थियो । भारतले अहिलेसम्म खेलेको ८ मध्ये ७ खेल जितेको छ । अर्कोतर्फ न्युजिल्यान्डको फाइनल यात्रामा भने केही उतारचढाव रह्यो । समूह चरणमा चार मध्ये तीन जित र एक हारको नतिजासहित उपविजेता बनेको न्युजिल्यान्ड सुपर एटमा एक जित एक हारको नतिजा निकालेको थियो भने एक खेल रद्ध भएको थियो । न्युजिल्यान्डले फाइनल यात्रासम्म ५ खेल जित्दा २ खेलमा पराजित भएको थियो । भारतले टी२० विश्वकपमा अहिलेसम्म न्युजिल्यान्डलाई हराउन सकेको छैन । यसअघि टी२० विश्वकपमा यी दुई टोलीबीच तीन खेल हुँदा तीनै खेल न्युजिल्यान्डले जितेको थियो । सन् २००७ को पहिलो संस्करणमै न्युजिल्यान्डले भारतलाई १० रनले पराजित गरेको थियो । यस्तै सन् २०१६ मा भारतकै नागपुरमा भएको खेलमा यी दुई टोली समूह चरणमा भिडेका थिए । जहाँ न्युजिल्यान्डले भारतलाई ४७ रनले पराजित गरेको थियो । सन् २०२१ मा दुबईमा भएको खेलमा सुपर १२ को खेलमा न्युजिल्यान्डले भारतलाई ८ विकेट पराजित गरेको थियो । भारतले दिएको ११ रनको लक्ष्य न्युजिल्यान्डले १४.३ ओभरमै पूरा गरेको थियो । समग्रमा भने भारत र न्युजिल्यान्डबीच टी२०आईमा ३० खेल भएको छ । जसमा भारतले १८ खेल जितेको छ भने न्युजिल्यान्डले ११ खेल जितेको छ । भारत जितेको १८ खेलमा दुई खेल सुपर ओभरमा जितेको थियो । एक खेल भने टाई भएको थियो । आईसीसी टी२० विश्वकप २०२६ फाइनल भारत भर्सेस न्युजिल्यान्ड मिति : २०२६ मार्च ८ स्थान : नरेन्द्र मोदी स्टेडियम, अहमदावाद समय : साँझ ७:१५ बजे (नेपाली समय) कभर तस्बीर: आईसीसी

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्