Monday, September 14, 2026
सोमबार, भाद्र २९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.10 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

रुट परमिट बाहिर सार्वजनिक सवारी नचलाउन ट्राफिक प्रहरीको चेतावनी

ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधन सञ्चालकलाई स्वीकृत रुट परमिटभन्दा बाहिर सवारी सञ्चालन नगर्न निर्देशन दिएको छ।

महानगरीय ट्राफिक प्रहरी डिभिजनले सोमबार सूचना जारी गर्दै सार्वजनिक सवारी साधनले स्वीकृत रुट परमिटको पालना नगरी सञ्चालन गर्ने, तोकिएको मार्ग तथा गन्तव्य उल्लंघन गर्ने तथा रुट परमिट प्राप्त सवारी अन्य प्रयोजनमा प्रयोग गर्ने प्रवृत्ति बढेको जनाएको छ।

प्रहरीका अनुसार यस्तो गतिविधिका कारण नियमित यात्रुले समयमै सार्वजनिक यातायात सेवा नपाउने अवस्था सिर्जना भएको छ। साथै सार्वजनिक यातायात सेवामा अव्यवस्था बढेको भन्दै यात्रुबाट व्यापक गुनासो प्राप्त भएको पनि सूचनामा उल्लेख गरिएको छ।

ट्राफिक प्रहरीले सार्वजनिक सवारी व्यवसायी, सवारीधनी, चालक तथा सहचालकलाई स्वीकृत रुट परमिट र प्रचलित कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ।

प्रहरीले सर्वसाधारणलाई सहज, सुरक्षित र भरपर्दो सार्वजनिक यातायात सेवा उपलब्ध गराउन सबै सरोकारवालाले जिम्मेवार ढंगले काम गर्नुपर्नेमा जोड दिएको छ। साथै नियमविपरीत सञ्चालन हुने सार्वजनिक सवारीमाथि आवश्यक कानुनी कारबाही गरिने संकेत पनि दिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्