Tuesday, September 15, 2026
मङ्गलबार, भाद्र ३०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.34 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

तीन नम्बर पुलको बस्तीमा डोजर चलाइयो, स्थानीय आक्रोशित

पथलैया–हेटौंडा सडकखण्डअन्तर्गत त्रिभुवन राजपथको तीन नम्बर पुल क्षेत्रमा शुक्रबार बिहान बस्ती खाली गराउने क्रममा डोजर चलाइएको छ। डिभिजन वन कार्यालय बारा, पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडाको संयुक्त टोलीले उक्त स्थानमा रहेका संरचना हटाउन डोजर प्रयोग गरेको हो।

डिभिजन वन कार्यालय बाराका अधिकृत ललनराउत कुर्मीका अनुसार वन तथा निकुञ्ज क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने क्रममा कारबाही गरिएको हो। उनका अनुसार सो क्षेत्रमा रहेका करिब ३८ वटा घरटहरा भत्काइने छन्।

उनले बस्ती खाली गर्न यसअघि पटक–पटक माइकिङ र लिखित सूचना दिइएको भए पनि अटेर भएपछि बाध्य भएर डोजर चलाउनुपरेको बताए। “बस्ती खाली गर्न बारम्बार सूचना दिइएको थियो, तर अटेरी भएपछि कारबाही गरिएको हो,” कुर्मीले बताए।

तर स्थानीय व्यवसायीहरूले भने राज्यले आफूहरूमाथि दमन गरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार सडक विभागले दुई साताअघि सूचना जारी गरेपछि सडक सीमाभन्दा २५–२५ मिटर टाढा आफैं संरचना हटाइसकेको अवस्थामा एक्कासि डोजर चलाइएको हो।

झण्डै पाँच दशकदेखि बसोबास र व्यवसाय हुँदै आएको तीन नम्बर पुल क्षेत्र लामो दूरीका सवारी चालक तथा यात्रुहरूको प्रमुख विश्रामस्थलका रूपमा परिचित छ। उक्त क्षेत्रमा होटल तथा अन्य व्यवसाय सञ्चालन हुँदै आएका थिए।

डोजर कारबाहीपछि स्थानीय आक्रोशित बनेका छन् भने अवस्था केहीबेर तनावपूर्ण बनेको बताइएको छ।

 

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्