Wednesday, June 03, 2026
बुधबार, जेठ २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.77 SELL AUD/NPR 109.94 SELL BHD/NPR 406.90 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित, ‘लु’ को जोखिमबारे चेतावनी

मधेस प्रदेशमा दैनिक तापक्रम निरन्तर बढ्दै जाँदा जनजीवन प्रभावित बनेको छ । पछिल्ला केही दिनयता अधिकांश स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि दैनिक गतिविधि कष्टकर बनेको छ ।

जल तथा मौसम विज्ञान कार्यालय, जनकपुरले अत्यधिक गर्मीसँगै ‘लु’ को जोखिम बढ्न सक्ने चेतावनी दिँदै सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । कार्यालयका अनुसार यस्तो अवस्था केही दिन अझै जारी रहने सम्भावना छ ।

चिकित्सकहरूले ‘लु’ लागेमा अत्यधिक थकान, कमजोरी, तिर्खा लाग्ने, बेहोस हुने र बान्ता हुनेजस्ता लक्षण देखिन सक्ने बताएका छन् । प्रादेशिक अस्पताल जनकपुरका फिजिसियन डा. दिग्विजय ठाकुरले गर्मीबाट बच्न घरभित्र वा चिसो स्थानमा बस्न, घाममा अनावश्यक ननिस्कन, हलुका कपडा लगाउन तथा प्रशस्त पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिनुभएको छ ।

अत्यधिक गर्मीका कारण दैनिक ज्यालादारी मजदुरहरूको जीवन झन् कठिन बनेको छ भने सहरी क्षेत्रमा चहलपहलसमेत घटेको देखिन्छ । सर्वसाधारणले दिउँसोको समयमा बाहिर निस्केर काम गर्न कठिन भइरहेको बताएका छन् ।

यसैबीच, जल तथा मौसम विज्ञान कार्यालय, जनकपुरका प्रमुख राजीव झाले यस वर्ष समयमै मनसुनी वर्षा सुरु हुने सम्भावना कमजोर देखिएको बताउनुभएको छ । उहाँका अनुसार जेठ १८ देखि असोज १३ सम्म मनसुनी अवधि मानिए पनि हालसम्मको अवस्था हेर्दा उखरमाउलो गर्मी अझै केही समय जारी रहने देखिन्छ ।

स्वास्थ्यकर्मीहरूले गर्मीका बेला शरीरमा पानीको कमी हुने भएकाले पर्याप्त पानी पिउन र सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्