Tuesday, September 15, 2026
मङ्गलबार, भाद्र ३०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.34 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

आगलागीपछि सर्वोच्चको उपलब्धि, १७ हजारभन्दा बढी मुद्दाका फाइल पुनः प्राप्त

सर्वोच्च अदालतले आन्दोलनका क्रममा भएको आगलागीबाट क्षतिग्रस्त भएका १७ हजारभन्दा बढी मुद्दाका फाइल सफलतापूर्वक पुनः प्राप्त (रिकभर) गरेको जनाएको छ।

अदालतका अनुसार डिजिटल प्रणाली, अभिलेख व्यवस्थापन तथा उपलब्ध ब्याकअप स्रोतको प्रयोगमार्फत अधिकांश मुद्दाका अभिलेख सुरक्षित रूपमा पुनः प्राप्त गरिएको हो। हालसम्म १७ हजारभन्दा बढी मुद्दाका फाइल रिकभर भइसकेका छन् भने करिब ३ हजार फाइल पुनः प्राप्त गर्ने प्रक्रिया जारी रहेको जानकारी दिइएको छ।

सर्वोच्चले बाँकी रहेका अभिलेख पनि यथाशीघ्र पुनः प्राप्त गरी न्यायिक सेवामा कुनै अवरोध आउन नदिने गरी काम भइरहेको जनाएको छ।

अदालतका अनुसार यस उपलब्धिसँगै आगलागीबाट प्रभावित भएका हजारौं मुद्दाको सुनुवाइ तथा न्यायिक प्रक्रिया सहज रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

आन्दोलनका क्रममा भएको आगलागीले सर्वोच्च अदालतका न्यायिक अभिलेखमा ठूलो क्षति पुगेको थियो। तर, डिजिटल अभिलेख र ब्याकअप प्रणालीको सहायताले अधिकांश फाइल पुनः प्राप्त हुनुलाई न्याय प्रशासनका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्