Thursday, July 30, 2026
बिहीबार, श्रावण १५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.28 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

शपथका लागि शीतलनिवास पुगे सुधन गुरुङ र महावीर पुन, मन्त्रिपरिषद् विस्तार आजै

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको मन्त्रिपरिषद् विस्तार आज हुने भएको छ। गृह मन्त्रालयको जिम्मेवारीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा प्रतिनिधिसभा सदस्य महावीर पुन नियुक्त हुने भएका छन्।

उनीहरू दुवै शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनीहरूको शपथ ग्रहण समारोहका लागि तयारी पूरा भइसकेको छ।

दिउँसो ३ बजेका लागि शपथको समय तय गरिएको भए पनि विभिन्न प्रशासनिक प्रक्रियाका कारण समारोह झन्डै डेढ घण्टा ढिला गरी सुरु हुन लागेको बताइएको छ।

गुरुङलाई पुनः गृहमन्त्रीको जिम्मेवारी दिइन लागिएको हो भने स्वतन्त्र सांसद पुन पहिलोपटक संघीय सरकारमा मन्त्री बन्न लागेका छन्। उनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व सुम्पिने तयारी गरिएको छ।

दुवै मन्त्रीको शपथसँगै प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् विस्तारलाई औपचारिकता दिनेछन्। नयाँ नियुक्तिसँगै सरकारको कार्यसम्पादन र नीतिगत प्राथमिकतामा समेत नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ।

 

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्