Monday, September 14, 2026
सोमबार, भाद्र २९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.10 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सभामुख अर्यालसँग साउदी राजदूतको शिष्टाचार भेट, श्रम र संसदीय सहकार्य विस्तारमा जोड

सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए. मनिखले बुधबार सभामुखको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्। भेटमा नेपाल–साउदी सम्बन्ध, संसदीय सहकार्य तथा श्रम आप्रवासलगायतका विषयमा छलफल भएको छ।

भेटका क्रममा सभामुख अर्यालले नेपालको सङ्घीय संसद् साउदी अरबको शुरा काउन्सिलसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै सङ्घीय संसद्को हालैको निर्णयअनुसार नेपाल–साउदी अरब संसदीय मैत्री समूह गठन गरिएको जानकारी दिए।

सभामुखको निजी सचिवालयका अनुसार उक्त संसदीय मैत्री समूहमार्फत दुवै देशका संसद्बीच पारस्परिक हितका विषयमा अनुभव आदानप्रदान तथा सहकार्य थप प्रभावकारी हुने विश्वास सभामुख अर्यालले व्यक्त गरेका छन्।

सभामुख अर्यालले नेपाल र साउदी अरबबीच श्रम आप्रवासका क्षेत्रमा बढ्दो सहकार्यप्रति कृतज्ञता व्यक्त गर्दै नेपाली श्रमिकलाई प्राथमिकता दिएकोमा साउदी सरकारप्रति आभारसमेत व्यक्त गरे।

जवाफमा राजदूत मनिखले नेपाल र साउदी अरबबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन आफू सक्रिय रहेको बताउँदै श्रम, व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्पर्क विस्तार गर्न साउदी पक्ष प्रतिबद्ध रहेको बताए।

नेपाल र साउदी अरबबीच आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने सन्दर्भमा दुवै देशबीचको सहकार्यलाई थप उचाइमा पुर्‍याउने विषयमा पनि छलफल भएको बताइएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयका अनुसार हाल साउदी अरबमा तीन लाख ८४ हजार ८६५ नेपाली कार्यरत छन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्