सिरहाको भारत–नेपाल सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले करिब ९ लाख २६ हजार ८५० रुपैयाँ बराबरका अवैध सामान तथा मोटरसाइकल बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण मुख्यालय सिरहाले सीमा क्षेत्रमा अवैध ओसारपसार नियन्त्रण अभियान सञ्चालन गर्ने क्रममा सिरहा नगरपालिका–१६ माडरस्थित क्षेत्रमा उक्त सामान बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार नं. ७ गण मुख्यालयबाट खटिएको गस्ती टोलीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरेका तथा नेपालबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरिएका विभिन्न सामान नियन्त्रणमा लिएको हो।
बरामद गरिएका सामानमा किराना सामग्री, कपडा, कस्तुरी मदिरा तथा एउटा मोटरसाइकल रहेका छन्। ती सबैको अनुमानित मूल्य ९ लाख २६ हजार ८५० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद भएका सामान तथा मोटरसाइकल आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ।
सशस्त्र प्रहरीले भारत–नेपाल सीमामा हुने अवैध आयात–निर्यात, भन्सार छली तथा तस्करी नियन्त्रणका लागि नियमित गस्ती, निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाउँदै आएको जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्