Sunday, September 13, 2026
आइतबार, भाद्र २८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.07 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सिन्धुली कार दुर्घटना : बसको ठक्करपछि सुनकोशी नदीमा कार खस्यो, चालकसहित ३ जना बेपत्ता

काठमाडौं, १८ साउन —

सिन्धुलीस्थित मध्यपहाडी राजमार्गमा भएको सवारी दुर्घटनामा कार सुनकोशी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन्।

प्रहरीका अनुसार फिक्कल गाउँपालिका–२ नवलपुर क्षेत्रमा काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ख ०१४४ नम्बरको बस ले खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको कारलाई ठक्कर दिएको थियो।

ठक्करपछि कार अनियन्त्रित भई सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा कार चालक, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी गणेश थापा तथा नाम नखुलेका एक जना हेल्पर बेपत्ता भएका छन्।

कारको नम्बर भने हालसम्म खुल्न सकेको छैन। बेपत्ताहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्