Monday, September 14, 2026
सोमबार, भाद्र २९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.10 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सिमरा भेट्रान क्लबको ५औं साधारणसभा सम्पन्न, महिला फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक

सिमरा भेट्रान क्लबको ५औं साधारणसभा सिमरास्थित होटल विश्वासमा सम्पन्न भएको छ। साधारणसभामा क्लबले हालै आयोजना गरेको “नेपीफिट जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता २०८२” को आय–व्यय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक विवरणअनुसार प्रतियोगिताबाट विभिन्न शीर्षकमा आम्दानी संकलन गरिएको छ। मुख्य सहयोगी जीतपुरसिमरा उपमहानगरपालिकाबाट करिब १६ लाख ५० हजार रुपैयाँ प्राप्त भएको छ भने मुख्य प्रायोजक नेपीफिटबाट ४ लाख, सह-प्रायोजकबाट २ लाख र अन्य सहयोगीबाट १२ लाख ५५ हजारभन्दा बढी रकम जुटाइएको जनाइएको छ।

खर्चतर्फ हेर्दा खेल मैदान व्यवस्थापनमा १२ हजार ३०० रुपैयाँ खर्च भएको छ। इन्धन तथा यातायातमा १ लाख ६६ हजारभन्दा बढी, टिम तथा रेफ्री व्यवस्थापनमा १६ लाख ४६ हजार, टिम व्यवस्थापनमा १ लाख ८ हजार खर्च गरिएको छ। त्यस्तै, पुरस्कार, शिल्ड, कप र मेडलमा करिब १० लाख ३ हजार तथा टेन्ट र साउण्ड सिस्टममा १ लाख २५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

यसैगरी अतिथि सत्कार, प्रेस सम्मेलन, प्रचारप्रसार तथा अन्य विविध शीर्षकमा समेत खर्च गरिएको क्लबले जनाएको छ। क्लबका पदाधिकारीहरूले सम्पूर्ण आय–व्यय पारदर्शी ढंगले सार्वजनिक गरिएको उल्लेख गर्दै आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतियोगिताबाट क्लबले करिब ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको विवरणमा उल्लेख गरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्