Friday, July 31, 2026
शुक्रबार, श्रावण १५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.35 SELL BHD/NPR 410.61 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

शिक्षा समितिमा ६ उपसमिति गठन, विभिन्न क्षेत्रको अध्ययन र अनुगमनमा केन्द्रित हुने

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आफ्नो कार्यक्षेत्रलाई थप प्रभावकारी बनाउन ६ वटा विभिन्न उपसमिति गठन गरेको छ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले समिति परामर्श तथा समन्वय उपसमिति, स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, शिक्षा सम्बन्धी अध्ययन उपसमिति, विज्ञान, प्रविधि तथा नवप्रवर्द्धन अध्ययन उपसमिति, सूचना तथा सञ्चार अध्ययन उपसमिति तथा खेलकुद अध्ययन उपसमिति गठन गर्ने निर्णय गरेको हो।

समितिकी सभापति डा. ओजश्वी शेरचनका अनुसार प्रतिनिधि सभा नियमावलीअनुसार उपसमितिहरू गठन गरिएको हो। उनले सबै उपसमितिहरू समितिका सभापतिको मातहतमा रहने र आवश्यक अध्ययन, अनुगमन तथा सुझाव प्रस्तुत गर्ने जिम्मेवारी निर्वाह गर्ने बताइन्।

समिति परामर्श तथा समन्वय उपसमितिमा डा. लेखजंग थापा, पुकार बम, प्रभा ढकाल, सीता थपलिया, रिङगला यादव, रमेशकुमार मल्ल, राधिका रम्तेल र महावीर पुन रहेका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमितिमा कामिनी कुमारी, प्राडा चन्द्रमोहन यादव, डा. तोसिमा कार्की, प्रभा ढकाल, रिङगला यादव र लेखजंग थापा रहेका छन्।

त्यसैगरी शिक्षा सम्बन्धी अध्ययन उपसमितिमा गणेश पौडेल, गुरुप्रसाद बराल, जगतप्रसाद जोशी, राधिका रम्तेल र रमेशकुमार मल्ल सदस्य रहेका छन्।

विज्ञान, प्रविधि तथा नवप्रवर्द्धन अध्ययन उपसमितिमा कुशुम महर्जन, झविलाल डुम्रे, पुकार बम, डा. प्रमिलाकुमारी गच्छदार र महावीर पुन रहेका छन्।

सूचना तथा सञ्चार अध्ययन उपसमितिमा खुशवु सरकार श्रेष्ठ, शम्भुकुमार यादव, रविन महतो, विष्णुबहादुर खड्का र हरिप्रसाद भुसाल सदस्य रहेका छन् भने खेलकुद अध्ययन उपसमितिमा अच्युतम लामिछाने, चन्दनकुमार सिंह, भीमकुमारी बुढामगर, राजन गौतम र सीता थपलिया रहेका छन्।

समितिका सचिव दशरथ धमलाले उपसमितिहरूले आफ्नो-आफ्नो विषयगत क्षेत्रमा अध्ययन, छलफल तथा सुझाव संकलन गरी समितिलाई सहयोग गर्ने बताए। सभापति शेरचनले उपसमितिको संयोजनको जिम्मेवारी आफूले नै गर्ने व्यवस्था रहेको जानकारी दिइन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्