Tuesday, September 15, 2026
मङ्गलबार, भाद्र ३०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.34 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक, कांग्रेस–एमालेका शीर्ष नेता अनुपस्थित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यले बोलाइएको बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको हलमा जारी रहेको छ।

सभापति लामिछानेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई बैठकमा सहभागी हुन आग्रह गरेका थिए। बैठकका लागि प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई/दुई जनालाई आमन्त्रण गरिएको थियो।

यद्यपि प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आफ्ना शीर्ष नेताहरूलाई बैठकमा नपठाएको जनाइएको छ। त्यसको विपरीत राजेन्द्र लिङ्देन भने बैठकमा स्वयं उपस्थित भएका छन्।

यसैबीच, श्रम संस्कृति पार्टीले बैठक बहिष्कार गरेको छ। पार्टीका संयोजक हर्क साम्पाङ राईको नेतृत्वमा रहेको उक्त दलले बैठकमा सहभागिता नजनाउने निर्णय गरेको हो।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद्को भूमिका, सुशासन तथा समसामयिक राष्ट्रिय मुद्दाहरूमा छलफल हुने अपेक्षा गरिएको छ। बैठकपछि थप निष्कर्ष र धारणा सार्वजनिक हुने जनाइएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्