Friday, June 05, 2026
शुक्रबार, जेठ २३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.77 SELL AUD/NPR 109.19 SELL BHD/NPR 406.90 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

रोमानिया सपना देखाएर ठगी: उद्धव पाठकको ‘म्यानपावर जालो’ले सयौं युवा ऋणको दलदलमा

विदेश गएर राम्रो कमाइ गर्ने सपना बोकेका सयौं नेपाली युवा रोमानिया पठाउने नाममा ठगिएको घटना बाहिरिएको छ। मोरङ र झापा केन्द्रित ‘केएसए’ म्यानपावरमार्फत सञ्चालित ठगी प्रकरणमा मुख्य भूमिका उद्धव पाठकले खेलेको आरोप लागेको छ।

झापा कमल गाउँपालिका–१ का पवन कार्कीले रोमानिया जाने सपना पूरा गर्न साढे ७ लाख रुपैयाँ ऋण खोजेर एजेन्टलाई बुझाएका थिए। तर दिल्ली विमानस्थल पुग्दा हवाई टिकट नक्कली भएको थाहा पाएपछि उनको सपना चकनाचुर भयो।

“घरमा लगेज जस्ताको तस्तै छ, ऋण मात्रै थपियो,” पवनले भने। उनले आफूजस्तै मोरङका जीवन लिम्बू र झापाका उमेश खत्री पनि ठगिएको बताए।

यस्तै, रतुवामाई–८ का दिलिप खड्का पनि यही नेटवर्कबाट रोमानिया पुगेका थिए। उनले उद्धव पाठककै कारण आफूसहित अन्य साथीहरू ठगिएको भन्दै ३३ लाखभन्दा बढीको क्षति भएको दाबी गरेका छन्।

उर्लाबारी–८ का आशिष कार्कीले पनि चार वर्षअघि रोमानिया पठाइदिने भन्दै २ लाख रुपैयाँ बुझाए पनि न विदेश जान पाए, न पैसा फिर्ता पाए।

प्रहरीका अनुसार पाठकले सञ्चालन गरेको ‘केएसए’ म्यानपावरमार्फत ४०० भन्दा बढी व्यक्तिलाई ठगी गरिएको प्रारम्भिक तथ्य फेला परेको छ। हालसम्म १५० भन्दा बढी पीडितले उजुरी दिएका छन् भने ठगी रकम ३ करोड ५० लाख रुपैयाँभन्दा बढी हुनसक्ने अनुमान गरिएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार, ठगीमा प्रयोग भएका रकममध्ये धेरै व्यक्तिगत खातामा जम्मा भएको देखिएको छ भने केही नगद कारोबार पनि भएको छ। प्रहरीले अनुसन्धान तीव्र बनाएको छ।

प्रहरीले म्यानपावरका सञ्चालक पाठकसँगै लेखापाल अभि भण्डारीलाई पक्राउ गरेको छ। तर पाठककी श्रीमती लेखामाया पाण्डे भने अझै रोमानियामै लुकेर बसेको बताइएको छ।

अनुसन्धान अनुसार, पाठकले रोमानियाबाटै नेपालमा एजेन्ट परिचालन गरी ठगी धन्दा चलाएका थिए। त्यहाँ उनले ‘नेपाली होस्टल’ सञ्चालन गरी थप शुल्क असुल्ने गरेको समेत आरोप छ।

पीडितहरू अहिले ऋणको बोझ र भविष्यको अनिश्चितताबीच न्यायको प्रतीक्षामा छन्। प्रहरीले देश तथा विदेशबाट समेत थप प्रमाण संकलन भइरहेको जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्