Tuesday, September 15, 2026
मङ्गलबार, भाद्र ३०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.34 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

रास्वपा महाधिवेशनमा उपेन्द्र यादव र राजेन्द्र लिङ्देनको सुझाव– संविधान संशोधनमा अग्रसरता लिन आग्रह

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ले संविधान संशोधनको आवश्यकतामा जोड दिएका छन् ।

शुभकामना मन्तव्य राख्दै दुवै नेताले संविधानमा रहेका कमजोरी सच्याउँदै आवश्यक सुधार गर्नुपर्ने बताएका हुन् । उनीहरूले रास्वपालाई यस विषयमा अग्रसर भूमिका लिन पनि आग्रह गरे ।

उपेन्द्र यादवले संविधानलाई त्रुटिपूर्ण र केही पक्षमा विरोधाभाषपूर्ण दस्तावेजको रूपमा व्याख्या गर्दै गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिता जस्ता उपलब्धिहरू महत्वपूर्ण भए पनि त्यसका विकृति र विसंगतिहरू हटाउनुपर्ने धारणा राखे ।

उनले भने, “संविधानमा रहेका विकृति–विसंगतिहरू हटाएर अघि बढ्नुपर्ने दायित्व अहिले सबै राजनीतिक दलको हो ।”

२०७२ सालमा संविधान जारी हुँदा मधेस केन्द्रित दलहरूले असन्तुष्टि जनाउँदै पूर्ण अधिकार नपाएको भन्दै आन्दोलनसमेत गरेका थिए । सोही पृष्ठभूमि स्मरण गर्दै यादवले संविधान संशोधनमार्फत अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

त्यसैगरी राजेन्द्र लिङ्देनले पनि संविधानमा सुधारको आवश्यकता रहेको बताए । उनले भने, “पुराना दल र नेतामा मात्रै समस्या होइन, उनीहरूले ल्याएको संविधानमा पनि समस्या छ, त्यसैले सुधार गरेर जानुपर्छ ।”

चितवनमा जारी रास्वपाको महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना दिँदै संविधान सुधार र राजनीतिक पुनर्संरचनाबारे आफ्ना धारणा प्रस्तुत गरिरहेका छन् ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्