Tuesday, September 15, 2026
मङ्गलबार, भाद्र ३०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.34 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

रास्वपा उपसभापतिका लागि ६ जनाको दाबी, स्वर्णिमसहित चार महिला मैदानमा

रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया तीव्र बन्दै जाँदा उपसभापति पदका लागि ६ जना नेताले आकांक्षा देखाएका छन्। तीमध्ये चार जना महिला नेतृ रहेका छन्।

चितवनमा जारी महाधिवेशनमा पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने औपचारिक घोषणा हुन बाँकी छ। यस्तै वरिष्ठ नेतामा बालेन शाह मनोनित हुने लगभग निश्चित मानिएको छ। अन्य पदमा भने निर्वाचनमार्फत नेतृत्व चयन गरिने तयारी छ।

उपसभापति पदका लागि हालका उपसभापति डा. स्वर्णिम वाग्ले पुनः प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्। उनीसँगै लीमा अधिकारी, सोविता गौतम, सुनिल लम्साल, प्रतिभा रावल र समीक्षा बाँस्कोटा ले पनि उपसभापति पदमा दाबी प्रस्तुत गरेका छन्।

महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि मनोनयन प्रक्रिया सम्पन्न भइसकेको छ भने पदाधिकारी चयनका लागि नेताहरूको दौडधुप बढिरहेको छ। पार्टीभित्र महिला नेतृत्वको सहभागिता बढाउने बहस चलिरहेका बेला उपसभापति पदमा चार महिला नेतृको आकांक्षा देखिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

रास्वपाको निर्वाचन कार्यतालिका अनुसार पदाधिकारी र केन्द्रीय समितिको नेतृत्व चयनका लागि आगामी चरणमा उम्मेदवारी दर्ता, दाबी–विरोध तथा मतदानका कार्यक्रम सञ्चालन हुनेछन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्