Tuesday, September 15, 2026
मङ्गलबार, भाद्र ३०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.34 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

रास्वपामा लैंगिकता नखुलाउने ३६ हजार, जात नखुलाउने ५० हजार, उमेर नखुलाउने ४० हजार बढी सदस्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा लैंगिकता, जात र उमेर नखुलाउने सदस्यहरूको संख्या उल्लेख्य देखिएको छ। पार्टीको कुल सदस्य संख्या ५ लाख २३ हजार ४६५ रहेको छ।

चितवनमा जारी प्रथम महाधिवेशनमा महामन्त्री कविन्द्र बुर्लाकोटीले पेश गरेको सांगठनिक प्रतिवेदन अनुसार पुरुष सदस्य ३ लाख ९६ हजार ७८९, महिला ८९ हजार ८९६ र अन्य ५८८ जना रहेका छन्। लैंगिकता नखुलाउने वा उल्लेख नगर्ने सदस्यको संख्या ३६ हजार १९२ छ।

समावेशी क्लस्टर अन्तर्गत खस आर्य २ लाख ३८९ (४१ प्रतिशत), मधेशी ९४ हजार २१ (१८ प्रतिशत), आदिवासी जनजाति ९० हजार ३८५ (१७.३ प्रतिशत), दलित ५० हजार ८१४ (९.७ प्रतिशत), मुस्लिम १३ हजार २९ (२.५ प्रतिशत) र थारु १० हजार ७१८ (२ प्रतिशत) सदस्य रहेका छन्। जातजाति नखुलाउनेको संख्या ५० हजार १०९ (९.६ प्रतिशत) रहेको प्रतिवेदनमा उल्लेख छ।

उमेर समूहअनुसार १८ वर्ष मुनिका ३५ हजार २५७ (६.७ प्रतिशत), १८ देखि ४५ वर्षका ३ लाख ३५ हजार ४७८ (६४.१ प्रतिशत), ४६ देखि ६५ वर्षका ९८ हजार ८५७ (१८.९ प्रतिशत) र ६५ वर्ष माथिका १३ हजार ६८२ (२.६ प्रतिशत) सदस्य छन्। उमेर नखुलाउनेको संख्या ४० हजार १९१ (७.७ प्रतिशत) छ।

महाधिवेशन अन्तर्गत प्रतिवेदनहरू पेश भइसकेपछि सभापति र ९९ केन्द्रीय सदस्य चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुनेछ। सातै प्रदेशबाट ५/५ जना अनिवार्य चयन हुने व्यवस्था छ भने बाँकी ६४ पद खुला प्रतिस्पर्धाबाट भरिनेछ। त्यसपछि अन्य पदाधिकारी चयनको प्रक्रिया अघि बढ्नेछ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्