Wednesday, June 03, 2026
बुधबार, जेठ २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.77 SELL AUD/NPR 109.94 SELL BHD/NPR 406.90 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

रवि लामिछानेसँग भारतीय विदेशमन्त्री जयशंकरको भेट, उच्चस्तरीय राजनीतिक संवाद सुरु

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका छन्।

नयाँ दिल्लीमा भएको उक्त भेटवार्तामा भारतका विदेश सचिव विक्रम मिस्रीको समेत उपस्थिति रहेको थियो। भेटमा नेपाल–भारत सम्बन्ध, समसामयिक राजनीतिक विषय तथा दुई देशबीचको सहकार्यका विविध पक्षबारे छलफल भएको बताइएको छ।

भाजपाको निमन्त्रणामा भारत भ्रमणमा रहेका सभापति लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा) ले स्वागत गरेको थियो। भ्रमणका क्रममा उनले आजबाटै विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाटलाई तीव्रता दिएका छन्।

लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतका उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्दै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्