Thursday, July 30, 2026
बिहीबार, श्रावण १५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.28 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

प्रतिनिधिसभा बैठकमा विपक्षी दलको अवरोध कायमै

प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेरअघि सुरु भएको बैठकमा विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएपछि कार्यसूची अघि बढ्न सकेन ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको हालैको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै लगातार संसद् बैठक अवरुद्ध गर्दै आएका हुन् । उनीहरूले प्रधानमन्त्री स्वयंले संसद्‌मा उपस्थित भएर स्पष्टिकरण दिनुपर्ने अडान दोहोर्‍याएका छन् ।

आजै बसेको सर्वदलीय बैठकमा पनि यस विषयमा छलफल भए पनि सत्ता र विपक्षी दलबीच सहमति जुट्न सकेन । बैठकमा सत्तारुढ दलका नेताहरूले भारत भ्रमण र सीमा विवादलगायतका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले संसद्‌मा जवाफ दिने प्रस्ताव राखेका थिए ।

तर विपक्षी दलहरूले उक्त प्रस्ताव अस्वीकार गर्दै प्रधानमन्त्रीले नै सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने अडान कायम राखेका छन् । संसद्‌मा जारी गतिरोधका कारण बैठक पुनः स्थगित हुने अवस्था बनेको छ ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्