Friday, July 31, 2026
शुक्रबार, श्रावण १५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.35 SELL BHD/NPR 410.61 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

प्रधानमन्त्रीले जानीजानी संसदको उपेक्षा गरे : प्रदीप पौडेल

 

नेपाली कांग्रेसका महामन्त्री Pradip Paudel ले प्रधानमन्त्री Balen Shah ले जानीजानी संसदको उपेक्षा गरेको आरोप लगाएका छन् ।

प्रजातान्त्रिक विचार समाज नेपालको साधारण सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको कार्यशैली अपरिपक्वताका कारण नभई नियतवश भएको दाबी गरे । संसदप्रति प्रधानमन्त्री उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै उनले वर्तमान सरकारका गतिविधिले लोकतान्त्रिक व्यवस्था र संवैधानिक प्रणालीमाथि नै जोखिम बढाएको बताए ।

उनले ठूलो जनविश्वासका साथ बनेको सरकार छोटो समयमै प्रश्नको घेरामा पर्न थालेको भन्दै यसले नागरिकमा निराशा बढाउने र व्यवस्थामाथि नै अविश्वास सिर्जना गर्न सक्ने चेतावनी दिए ।

महामन्त्री पौडेलले सरकार अत्यधिक रूपमा प्रधानमन्त्री केन्द्रित बनेको आरोपसमेत लगाए । राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण र विशेष अनुसन्धानजस्ता निकायलाई प्रधानमन्त्री केन्द्रित बनाइएको उनको भनाइ थियो ।

त्यस्तै, संवैधानिक परिषद्को संरचनामाथि प्रश्न उठाउँदै उनले ६ सदस्यीय समितिमा ३ जनाले बहुमत पुग्ने व्यवस्था बनाइएको र यस्तो अभ्यास विश्वमै दुर्लभ रहेको दाबी गरे । ‘म नै सबैथोक हुँ’ भन्ने मनोविज्ञान लोकतन्त्रका लागि खतरनाक हुने उनको भनाइ थियो ।

उनले लोकतान्त्रिक चरित्र कमजोर भएको राज्यले नागरिकलाई पीडा दिने भन्दै सरकारलाई समयमै सीमाभित्र राख्न नसके लोकतान्त्रिक मूल्य र प्रणाली गम्भीर संकटमा पर्न सक्ने बताए ।

कांग्रेस अहिले प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै उनले लोकतन्त्र र संसदीय व्यवस्थाको रक्षा गर्न सरकारलाई निरन्तर प्रश्न गर्ने स्पष्ट पारे । सरकार असफल होस् भन्ने चाहना नभए पनि लोकतन्त्र कमजोर बनाउने कुनै पनि प्रयासविरुद्ध प्रतिपक्ष चुप बस्न नसक्ने उनले बताए ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्