Tuesday, September 15, 2026
मङ्गलबार, भाद्र ३०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.34 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

पासपोर्ट खरिदमा भ्रष्टाचार भएको निष्कर्ष, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

पासपोर्ट खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

निर्णयपछि आयोगको टोली आवश्यक कागजातसहित सोमबार विशेष अदालत पुगेको छ । अख्तियारले पासपोर्ट खरिद प्रक्रियामा अनियमितता भएको भन्दै अनुसन्धानपछि मुद्दा अघि बढाएको हो ।

अख्तियार उच्च स्रोतका अनुसार मुद्दामा तत्कालीन पासपोर्ट विभागसँग सम्बन्धित तीर्थराज अर्याललगायतलाई विपक्षी बनाइएको छ । अन्य प्रतिवादीहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन ।

यसैबीच विशेष अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मुद्दा दर्ता प्रक्रिया अघि बढिरहेको छ ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्