Wednesday, June 03, 2026
बुधबार, जेठ २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.77 SELL AUD/NPR 109.94 SELL BHD/NPR 406.90 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

ओली भन्छन्– सदस्यता नवीकरण कार्यशालाले पार्टीमा नयाँ उत्साह थप्नेछ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले पार्टी सदस्यता नवीकरण तथा विस्तार कार्यशालाले पार्टीभित्र नयाँ उत्साह र ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन् ।

काठमाडौँमा बुधबारदेखि सुरु भएको “सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशाला” को उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले यस प्रकारका कार्यक्रमले पार्टी संगठनलाई थप सुदृढ बनाउने र कार्यकर्तामा नयाँ जोस र आत्मविश्वास जगाउने उल्लेख गरे ।

ओलीले भेलामा सहभागी नेताहरूलाई पार्टीभित्र देखिएका केही अन्योल र भ्रमहरू चिर्दै स्पष्ट दृष्टिकोणका साथ कार्यक्षेत्रमा फर्किन आग्रह गरे । उनका अनुसार यसले कार्यकर्तामा नयाँ विश्वास, नयाँ जोश र नयाँ जाँगर थप्नेछ ।

कार्यशालामा जिल्ला अध्यक्ष र सचिव, प्रदेश तहका पदाधिकारी तथा इन्चार्जहरू, संगठन विभागका प्रतिनिधि तथा विभिन्न जनसंगठनका अध्यक्षहरूको सहभागिता रहेको छ । पार्टीको संगठन विभागको आयोजनामा सुरु भएको यो कार्यशाला आज र भोलि गरी दुई दिन सञ्चालन हुनेछ ।

कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन जारी राखेका छन् ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्