Wednesday, June 03, 2026
बुधबार, जेठ २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.77 SELL AUD/NPR 109.94 SELL BHD/NPR 406.90 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

ओलीको घोषणा– सम्पत्ति छानबिन आयोग नमान्ने, बयान पनि नदिने

नेकपा एमालेका अध्यक्ष K.P. Sharma Oli ले वर्तमान सरकार पूर्वाग्रहपूर्ण रहेको आरोप लगाउँदै सम्पत्ति छानबिन आयोगलाई नमान्ने र कुनै पनि बयान नदिने घोषणा गरेका छन् ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले नयाँ दलका नेता र सेनासम्बन्धी सम्पत्तिको छानबिन नगरी पुराना राजनीतिक दलका नेताहरुलाई मात्रै लक्षित गर्न खोजेको दाबी गरे । उनले यस्तो अभ्यासलाई राज्य संयन्त्रको दुरुपयोगको संज्ञा दिएका छन् ।

ओलीले सम्पत्ति छानबिन आयोग गठन गरेर राज्यले “छानिछानि फसाउने” प्रयास गरेको आरोप लगाउँदै आफू कुनै पनि त्यस्ता आयोगको प्रक्रिया स्वीकार नगर्ने स्पष्ट पारे । उनले भने, “अरुले बयान दिए पनि म चाहिँ बयान दिन्नँ। सम्पत्ति विवरण भरेर म पठाउँदिनँ, जे जे गर्न सक्छ गरोस्। यो राज्य राज्य होइन, यो पूर्वाग्रहको पोको हो।”

उनले यस्ता गतिविधिबाट टाढा रहन सरकारलाई चेतावनी दिँदै प्रतिशोधात्मक कदम होइन, संवैधानिक प्रक्रिया र निष्पक्ष शासनमा ध्यान दिन सुझाव समेत दिएका छन् ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्