Tuesday, September 15, 2026
मङ्गलबार, भाद्र ३०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.34 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

२४ घन्टे ड्युटीपछि आवासीय चिकित्सकलाई छुट्टी दिने न्याम्सको निर्णय

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आवासीय चिकित्सक (रेजिडेन्ट)को ड्युटीसम्बन्धी व्यवस्था परिवर्तन गर्दै २४ घण्टे ड्युटीपछि छुट्टी दिने व्यवस्था लागू गरेको छ।

न्याम्सका सहायक डिन प्रा. डा. विकासविक्रम सिंह अधिकारीले सोमबार परिपत्र जारी गर्दै २४ घण्टा ड्युटी पूरा गरेपछि बिहानको राउण्ड सकेर मात्र आवासीय चिकित्सकलाई घर पठाउन निर्देशन दिएका छन्।

यसअघि आवासीय चिकित्सकहरूले ३६ घण्टासम्म निरन्तर ड्युटी गर्नुपर्ने व्यवस्था रहेको थियो, जसका कारण उनीहरूमा अत्यधिक कार्यबोझ, शारीरिक थकान र मानसिक तनाव बढ्दै आएको गुनासो रहँदै आएको थियो।

न्याम्सको नयाँ निर्णयले रेजिडेन्ट चिकित्सकहरूको कार्यबोझ घट्ने अपेक्षा गरिएको छ। परिपत्रमा भनिएको छ, “यस प्रतिष्ठानमा अध्ययनरत रेजिडेन्ट चिकित्सकहरूको २४ घण्टा ड्युटीपश्चात बिहानको राउण्ड सकिएपछि छुट्टी गरिदिनु हुन यो परिपत्र गरिएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछु।”

यसअघि नेपाल मेडिकल काउन्सिलले पनि आवासीय चिकित्सकमाथि अत्यधिक कार्यबोझ रहेको भन्दै अनिवार्य आरामको व्यवस्था गर्न मेडिकल कलेज, प्रतिष्ठान र विश्वविद्यालयहरूलाई निर्देशन दिएको थियो।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्