Tuesday, September 15, 2026
मङ्गलबार, भाद्र ३०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.34 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

: निर्मला पन्त हत्या प्रकरणमा गृहमन्त्रीको भनाइ– ‘गुपचुपमै अनुसन्धान भइरहेको छ’

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणको अनुसन्धान निरन्तर भइरहेको गृहमन्त्री सुधन गुरुङले बताएका छन्।

गृह मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा सांसदहरूले लामो समयदेखि चर्चामा रहेको उक्त प्रकरणबारे प्रश्न उठाएपछि गृहमन्त्री गुरुङले अनुसन्धान चलिरहेको जानकारी दिएका हुन्।

उनका अनुसार संवेदनशील प्रकृतिका केही अनुसन्धान कार्य सार्वजनिक रूपमा विस्तृत रूपमा नबताइने अवस्थामा पनि अघि बढाइन्छ।

गृहमन्त्री गुरुङले भने, “तपाईंहरूले निर्मला पन्तको कुरा उठाउनु भएको छ। कतिपय काम गुपचुप गर्नुपर्ने अवस्था हुँदो रहेछ। यो विषयमा हामी एकदम संवेदनशील छौं। हामीले सिरियस्ली हेरेका छौं। हाम्रा छोरी चेलीलाई हत्या गरे। त्यसपछि त्यो घटनामा क–कसले राजनीति गरे। त्यस विषयमा पनि हामीले काम अघि बढाएका छौं।”

सरकारले यो प्रकरणलाई गम्भीर रूपमा लिएको र आवश्यक अनुसन्धानका प्रक्रिया निरन्तर अघि बढाइरहेको उनको भनाइ छ।

सांसदहरूले भने लामो समयदेखि निष्कर्षमा नपुगेको यो प्रकरणको प्रगति सार्वजनिक गर्न सरकारसँग माग गरेका थिए।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्