Tuesday, September 15, 2026
मङ्गलबार, भाद्र ३०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.34 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

रवि लामिछानेलाई मनिष झाको आग्रह– गुटबन्दीको प्रयास गर्नेलाई कारबाही गर्नुस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र गुटबन्दी गराउने प्रयास भएको आरोप लगाउँदै त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गर्न सभापति रवि लामिछानेलाई आग्रह गरेका छन्।

चितवनमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनस्थलमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै झाले पार्टीभित्र संस्थापन पक्ष एकजुट रहनुपर्नेमा जोड दिए। उनले गुटबन्दीको प्रयास गर्नेहरूमाथि नेतृत्वले कडा कदम चाल्नुपर्ने बताए।

'संस्थापन पक्ष एकजुट हुनुभयो भने म यही माध्यमबाट आदरणीय रवि लामिछानेज्यूलाई अनुरोध गर्छु, यो गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गर्दिनुस् न,' उनले भने।

महामन्त्री पदको निर्वाचनबारे बोल्दै झाले आफूले मतदाताबाट उत्साहजनक प्रतिक्रिया पाएको दाबी गरे। मतदाताको सकारात्मक समर्थनका आधारमा निर्वाचन परिणाम आफ्नो पक्षमा आउनेमा आफू विश्वस्त रहेको उनले बताए।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया जारी रहेको छ। महाधिवेशनमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्य चयनका लागि प्रतिस्पर्धा भइरहेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्