Monday, September 14, 2026
सोमबार, भाद्र २९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.10 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

महोत्तरीमा अवैध सालको काठसहित ट्याक्टर नियन्त्रणमा, चालक फरार

महोत्तरी प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको सालको काठसहित एक ट्याक्टर नियन्त्रणमा लिएको छ। घटनामा संलग्न चालक भने प्रहरीलाई देख्नासाथ फरार भएका छन्।

जिल्लाको गौशाला नगरपालिका–११ स्थित ढोलन खोला क्षेत्रबाट वन तस्करीमा प्रयोग भएको ज १ त २५२६ नम्बरको ट्याक्टर र त्यसमा लोड गरिएको २५.२८ क्युफिट बराबरका ११ थान सालका गोलिया काठ प्रहरीले बरामद गरेको हो।

ढोलन खोला तथा आसपासका जङ्गली क्षेत्रमा पछिल्लो समय काठ तस्करी बढिरहेको विशेष सूचनाका आधारमा प्रहरी चौकी कान्तिबजारबाट मङ्गलबार बिहान गस्ती टोली परिचालन गरिएको थियो। गस्तीका क्रममा प्रहरीले ट्याक्टरलाई रोकेर जाँच गर्न खोज्दा चालक सवारीसाधन छाडेर फरार भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेका अनुसार बरामद गरिएको ट्याक्टर र काठ आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि लक्ष्मिनियास्थित सब–डिभिजन वन कार्यालयमा बुझाइएको छ।

प्रहरीले फरार चालकको खोजी कार्य तीव्र बनाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको र अनुसन्धानपछि अन्य विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्