वीरगन्जका एक १८ वर्षीय विद्यार्थीले ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेर आत्महत्या गरेका छन्।
प्रहरीका अनुसार पर्साको वीरगन्ज महानगरपालिका–२२ का स्थायी बासिन्दा आर्यन सिंहले सोमबार बिहान करिब १० बजेतिर कलेजको चार तले भवनको छतबाट हामफालेका हुन्। उनी सोही कलेजमा प्लस–टु तहमा अध्ययनरत विद्यार्थी रहेको बताइएको छ।
घटनापछि उनलाई गम्भीर अवस्थामा तत्काल उद्धार गरी नजिकैको अस्पताल पुर्याइएको थियो। तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे प्रारम्भिक अनुसन्धान अघि बढाएको र आवश्यक जानकारी संकलन भइरहेको जनाएको छ।
यस घटनाले कलेज परिसर र विद्यार्थी समुदायमा शोकको वातावरण सिर्जना गरेको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्