Thursday, July 30, 2026
बिहीबार, श्रावण १५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.28 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा, कुल संख्या ७७४ पुग्यो

नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका थप २४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले जनाएको छ। यससँगै हालसम्म नियन्त्रणमा लिइएका गाडीको संख्या ७७४ पुगेको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी विष्णु प्रसाद भट्टका अनुसार यसअघि ७५० वटा गाडी नियन्त्रणमा लिइएको थियो। गएराति मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जा क्षेत्रबाट थप गाडी फेला परेपछि संख्या ७७४ पुगेको हो।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त समन्वयमा विभिन्न स्थानबाट ती गाडी नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार ती सवारीसाधन बजेट वक्तव्य सार्वजनिक हुनुअघि नै नेपाल भित्रिएको आशंका गरिएको छ।

नियन्त्रणमा लिइएका अधिकांश गाडी नम्बर प्लेटविहीन रहेको र शंकास्पद अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। ती गाडीका कागजात भन्सार कार्यालयसँगको समन्वयमा थप परीक्षण तथा अनुसन्धान गरिने बताइएको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा सवारीसाधन करको दर हेरफेर गर्ने तयारीबारे सूचना चुहावट भएको आशंकासमेत उठेको छ। सोही सूचनाका आधारमा ठूलो संख्यामा विद्युतीय गाडी भित्र्याइएको हुनसक्ने अनुमान गरिएको छ।

बरामद गरिएका गाडीमध्ये धेरै चिनियाँ कम्पनी BYD का रहेको खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्