Thursday, July 30, 2026
बिहीबार, श्रावण १४, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.28 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

कर्णालीमा बस खस्यो, भिरमा अड्किएको एक शव निकाल्ने प्रयास जारी

दैलेखमा यात्रुबाहक बस कर्णाली नदीमा खस्दा एक जनाको शव फेला परेको छ भने उद्धार कार्य जारी रहेको छ।

सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको बस बिहीबार बिहान करिब साढे ११ बजे चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङगेतरा क्षेत्रमा दुर्घटनामा परेको हो। बस कर्णाली राजमार्गबाट करिब ६ सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बलका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा एक जनाको शव फेला परेको छ। भिरमा अड्किएको अवस्थामा शव भेटिएकाले निकाल्ने प्रयास भइरहेको उनले जानकारी दिए।

बसमा कति जना यात्रु सवार थिए भन्ने विवरण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। त्यसैले दुर्घटनामा हताहत तथा बेपत्ताको यकिन संख्या पनि पुष्टि हुन बाँकी रहेको छ।

दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस तथा प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली परिचालन गरिएको छ। कठिन भौगोलिक अवस्थाका बीच उद्धारकर्मीहरू घटनास्थलमा खोज तथा उद्धार कार्यमा जुटिरहेका छन्।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ। उद्धार कार्य सम्पन्न भएपछि थप विवरण सार्वजनिक गरिने बताइएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्