Monday, September 14, 2026
सोमबार, भाद्र २९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.10 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण विभागको ७ दिने पुर्जी, उपस्थित हुन निर्देशन

सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिँदै औपचारिक पुर्जी जारी गरेको छ।

विभागका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा केही विषयमा बयान तथा स्पष्टीकरण आवश्यक परेकाले जयवीर देउवालाई सात दिनभित्र उपस्थित हुन भनिएको हो। विभागले जारी गरेको पुर्जी बुढानीलकण्ठस्थित देउवा निवासमा समेत टाँस गरिएको जनाएको छ।

यसअघि विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पनि उपस्थित हुन पत्राचार गरिसकेको थियो। विभागका अनुसार देउवा दम्पतीले साउन मसान्तभित्र उपस्थित हुने जानकारी दिएका छन्।

यद्यपि, जयवीर देउवालाई कुन विषयमा सोधपुछ गर्न लागिएको हो वा अनुसन्धानको प्रकृतिबारे विभागले सार्वजनिक रूपमा कुनै विवरण खुलाएको छैन। अनुसन्धान प्रक्रिया जारी रहेकाले थप विवरण हाल सार्वजनिक नगरिएको विभागको भनाइ छ।

सम्पत्ति शुद्धीकरण विभागले आवश्यक प्रमाण सङ्कलन, बयान तथा अन्य अनुसन्धानात्मक प्रक्रिया निरन्तर अघि बढिरहेको जनाएको छ। यस घटनाक्रमलाई राजनीतिक र कानुनी दुवै क्षेत्रमा चासोका साथ हेरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्