Wednesday, June 03, 2026
बुधबार, जेठ २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.77 SELL AUD/NPR 109.94 SELL BHD/NPR 406.90 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

जापान भ्रमण सम्पन्न गरी राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किए

राष्ट्रपति रामचन्द्र पौडेल चार दिने औपचारिक जापान भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । जापान भ्रमणबाट फर्किएका राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, विभिन्न मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका थिए ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी नेतृत्वसँग द्विपक्षीय हित, आपसी सहकार्य तथा नेपाल–जापान सम्बन्ध थप सुदृढ बनाउने विषयमा भेटवार्ता गरेका थिए । साथै आर्थिक, विकास सहयोग, प्रविधि तथा सांस्कृतिक आदान–प्रदानका विषयमा पनि छलफल भएको बताइएको छ ।

चार दिने जापान भ्रमणले नेपाल–जापानबीचको मित्रता र सहयोगलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्