Friday, June 05, 2026
शुक्रबार, जेठ २३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.77 SELL AUD/NPR 109.19 SELL BHD/NPR 406.90 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

जापानद्वारा नागढुंगा सुरुङमार्गका लागि थप ५ अर्ब ५० करोड रुपैयाँ ऋण सहयोग

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारले थप ऋण सहयोग उपलब्ध गराउने भएको छ। आयोजनामा देखिएको बजेट अभाव पूरा गर्न जापानले ५ अर्ब ७० करोड जापानी येन (करिब ५ अर्ब ५० करोड नेपाली रुपैयाँ) बराबरको थप ऋण सहयोग गर्ने निर्णय गरेको हो।

यससम्बन्धी समझदारी पत्रमा आज नेपालका लागि जापानी राजदूत माएडा तोरु र नेपाल सरकारका अर्थ सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गरेका छन्।

यसअघि सन् २०१६ डिसेम्बरमा नागढुंगा सुरुङमार्ग आयोजनाका लागि १६ अर्ब ६३ करोड ६० लाख जापानी येन ऋण सहयोगसम्बन्धी सम्झौता भएको थियो। तर पछिल्ला वर्षहरूमा निर्माण सामग्रीको मूल्य वृद्धि र प्राविधिक कारणले आयोजनाको लागत बढेपछि थप बजेट आवश्यक परेको हो।

सरकारी विवरणअनुसार यस थप सहयोगसँगै नागढुंगा सुरुङमार्गका लागि जापानको कुल ऋण सहयोग २२ अर्ब ३३ करोड ६० लाख जापानी येन पुगेको छ।

सन् २०१९ देखि निर्माण सुरु भएको यो सुरुङमार्ग यसै वर्षदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं–नागढुंगा सडक खण्डमा हुने ट्राफिक जाम कम हुने, यात्रा समय घट्ने तथा व्यापार–व्यवसाय र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्