Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १२, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

इनिशा विश्वकर्मा हत्या र रौतहट कुटपिट घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन

सुर्खेतकी इनिशा विश्वकर्माको हत्या तथा रौतहटमा दलित समुदायमाथि भएको सामूहिक कुटपिट घटनाको विरोधमा सोमबार सिरहाको गोलबजारमा विरोध प्रदर्शन गरिएको छ।

दलित विकास मञ्चको आयोजना तथा विभिन्न गैरसरकारी संस्थाको सहकार्यमा आयोजित प्रदर्शनमा सहभागीहरूले पीडितलाई तत्काल न्याय दिलाउन र दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

प्रदर्शनकारीहरूले गोलबजार क्षेत्रमा नाराबाजी गर्दै दलित र महिलामाथि हुने हिंसाका घटनामा राज्य संवेदनशील बन्न नसकेको आरोप लगाए।

प्रदर्शनपछि गोलबजारको मुख्य चोकमा आयोजित कोणसभामा वक्ताहरूले पछिल्लो समय दलित महिलामाथि हिंसा र हत्याका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। उनीहरूले छोरीहरू विद्यालय गएपछि सुरक्षित रूपमा घर फर्कनेमा अभिभावकहरू सधैं त्रसित रहनुपर्ने अवस्था सिर्जना भएको बताए।

वक्ताहरूले महिला र दलितका मुद्दामा राज्यका निकायहरूले जिम्मेवार भूमिका निर्वाह नगर्दा अपराधीहरूको मनोबल बढेको जिकिर गर्दै कानुनी राज्य र इमान्दार प्रशासनको आवश्यकता औंल्याए। समाजमा महिलाले स्वतन्त्र र सुरक्षित रूपमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्नेमा पनि उनीहरूले जोड दिएका छन्।

कार्यक्रममा दलित विकास मञ्चका कार्यकारी निर्देशक सञ्जय महरा, दलित अगुवा शिवकुमार महरा, दलित महिला केन्द्र (सीडीडब्लूएन) की रीता रजक र मुक्ति नेपालका दासलगायतले मन्तव्य राख्दै दलित महिलामाथि भइरहेका बलात्कार र हत्याका घटनाविरुद्ध एकजुट हुन आह्वान गरेका थिए।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्