Monday, September 14, 2026
सोमबार, भाद्र २९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.10 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

अनावश्यक स्वास्थ्य परीक्षण नगर्न स्वास्थ्य बीमा बोर्डको आग्रह, ७ महिनादेखि सेवा प्रदायकको भुक्तानी रोकिएको खुलासा

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई आवश्यकताभन्दा बढी स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सेवा नलिन र स्वास्थ्यकर्मीलाई त्यस्ता सेवा दिन दबाब नदिन आग्रह गरेको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न बीमित सेवाग्राही, चिकित्सक तथा स्वास्थ्य सेवा प्रदायक सबै पक्षलाई जिम्मेवार बन्न अपिल गरेको हो।

बोर्डका अनुसार हाल स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई सात महिनादेखिको भुक्तानी गर्न बाँकी रहेको छ। बोर्डले गत मंसिर मसान्तसम्म प्राप्त दाबी रकमको मात्रै भुक्तानी गरिएको जनाएको छ। यसका कारण स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आर्थिक दबाब बढेको संकेत पनि बोर्डले गरेको छ।

यही अवस्थालाई मध्यनजर गर्दै बोर्डले बीमित नागरिकलाई आवश्यकता नभएका स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अनावश्यक परीक्षण वा उपचार गर्न दबाब नदिन अनुरोध गरेको छ।

बोर्डले विज्ञप्तिमा भनेको छ, "सम्पूर्ण बीमित सेवाग्राहीलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन तथा स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गर्न अनुरोध गर्दछौँ।"

बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई दीर्घकालसम्म प्रभावकारी र दिगो बनाउन सरकार, स्वास्थ्य सेवा प्रदायक, चिकित्सक, स्वास्थ्यकर्मी तथा बीमित नागरिक सबैको सहकार्य र जिम्मेवार सहभागिता अपरिहार्य रहेको विश्वास व्यक्त गरेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्