Monday, September 14, 2026
सोमबार, भाद्र २९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.10 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सीमाको विषयमा प्रधानमन्त्रीलाई जवाफ दिन रुलिङ गर्न हर्क साम्पाङको माग

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा सम्बन्धी विवादमा प्रधानमन्त्रीलाई संसद्मा स्पष्ट जवाफ दिन निर्देशन (रुलिङ) गर्न सभामुखसँग माग गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष साम्पाङले प्रधानमन्त्रीले यसअघि संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने भन्दै यस विषयमा सभामुखले रुलिङ गर्नुपर्ने बताएका हुन्। उनले सीमा विवादको विषयलाई लिएर प्रतिपक्षी दलहरूको आन्दोलन जारी रहेकाले सरकारले संसद्मा स्पष्ट धारणा राख्न आवश्यक रहेको बताए।

साम्पाङले संसद्को नियम एक पक्षले मात्र पालना गर्ने र अर्को पक्षले बेवास्ता गर्ने अवस्था सिर्जना भए त्यसले अराजकता निम्त्याउने चेतावनी पनि दिए। साथै प्रधानमन्त्री तथा मन्त्रीहरूलाई प्रतिनिधिसभाको बैठकमा नियमित रूपमा उपस्थित गराउन सभामुखको ध्यानाकर्षण गराए।

उनले सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध गालीगलौज गरेको आरोपमा एक युवालाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा पठाइएको घटनाप्रति पनि आपत्ति जनाए। प्रधानमन्त्री र मन्त्रीहरूलाई गाली गर्दा तत्काल पक्राउ गरिने तर सांसदहरूलाई ज्यान मार्ने तथा घर जलाउने धम्की दिँदासमेत कुनै कारबाही नहुने अवस्था रहेको भन्दै उनले सरकारको दोहोरो मापदण्डप्रति असन्तुष्टि व्यक्त गरे।

त्यसैगरी, सडक आश्रित दृष्टिविहीन नागरिकहरूको उचित व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्दै उनले सुरुआतमा कम्तीमा १० देखि १५ जनालाई रोजगारीको व्यवस्था गरेर पुनःस्थापनाको कार्यक्रम अघि बढाउन सुझाव दिए।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्