Monday, September 14, 2026
सोमबार, भाद्र २९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.10 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

शासकीय सुधारका १०० बुँदा ‘हात्तीको देखाउने दाँत’ मात्र : भीष्मराज आङ्देम्बे

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले सार्वजनिक गरेको शासकीय सुधारका १०० बुँदाप्रति कडा टिप्पणी गर्दै त्यसमा जनताले आशा गर्ने कुनै आधार नरहेको बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै आङ्देम्बेले शासकीय सुधारका १०० बुँदालाई ‘हात्तीको देखाउने दाँत’ को संज्ञा दिँदै सरकारका प्रतिबद्धता व्यवहारमा नदेखिएको आरोप लगाए।

उनले वर्तमान सरकार पारदर्शिताको नारा दिएर सत्तामा पुगे पनि व्यवहारमा पूर्ण रूपमा अपारदर्शी देखिएको बताए। सेयर स्वामित्व लुकाएको आरोपपछि तत्कालीन गृहमन्त्रीले राजीनामा दिएको स्मरण गराउँदै त्यसपछि गठन गरिएको छानबिन समितिको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नगरिएको भन्दै सरकारको आलोचना गरे।

“हामीले पटकपटक उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छौँ। तर सरकारले निरन्तर लुकाउने काम गरिरहेको छ। प्रतिवेदनमा के निष्कर्ष आयो, कसलाई जिम्मेवार ठहर गरियो र के कारबाही सिफारिस गरियो भन्ने विषय जनतासामु ल्याइएको छैन,” उनले संसद्मा भने।

आङ्देम्बेले सरकारका सुशासन र पारदर्शितासम्बन्धी घोषणाहरू व्यवहारमा कार्यान्वयन हुन नसकेको दाबी गर्दै जनताले वास्तविक सुधारको अनुभूति गर्ने गरी काम गर्न सरकारलाई आग्रह गरे।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्