Tuesday, September 15, 2026
मङ्गलबार, भाद्र ३०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.34 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेज नियमन गर्न नयाँ नियमावली ल्याउँदैछौं : शिक्षामन्त्री

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन (एफिलिएसन) लिएका कलेजहरूलाई नियमन गर्न नयाँ नियमावली ल्याउने तयारी भइरहेको बताएका छन्।

आइतबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले विदेशी विश्वविद्यालयसँग आबद्ध कलेजहरूबारे धेरै गुनासो आइरहेकाले स्पष्ट मापदण्डसहितको नियमन आवश्यक रहेको बताएका हुन्।

उनका अनुसार शिक्षा मन्त्रालयले नियमावलीको मस्यौदा तयार गरी अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा पठाइसकेको छ। ती मन्त्रालयहरूको राय र स्वीकृति आएपछि प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिनेछ।

मन्त्री पोखरेलले हाल विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरू प्रभावकारी रूपमा नियमन हुन नसकेको स्वीकार गर्दै अब कुन विश्वविद्यालयलाई सम्बन्धन दिने वा नदिने, र नियमनको ढाँचा कस्तो हुने भन्ने विषय नियमावलीमार्फत स्पष्ट गरिने जानकारी दिए।

उनका अनुसार शिक्षा मन्त्रालयले एकैसाथ तीन वटा नियमावली अघि बढाइरहेको छ। तीमध्ये शिक्षा नियमावली, शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्था नियमनसम्बन्धी नियमावली, र विदेशी विश्वविद्यालयसम्बद्ध कलेज नियमनसम्बन्धी नियमावली रहेका छन्।

मन्त्री पोखरेलले भने, “फरेन युनिभर्सिटी एफिलिएटेड कलेजहरूको बारेमा धेरै गुनासोहरू आउने गरेका छन्। हामीले ड्राफ्ट तयार गरेर सम्बन्धित मन्त्रालयहरूमा पठाइसकेका छौँ। अर्थ र कानुन मन्त्रालयबाट स्वीकृति आएपछि मन्त्रिपरिषद्मा लैजाने तयारीमा छौँ।”

उनले नेपाली विश्वविद्यालय र कलेजहरू नियमनमा रहे पनि विदेशी सम्बन्धन प्राप्त कलेजहरू भने अझै व्यवस्थित रूपमा नियमन हुन नसकेको उल्लेख गरे।

साथै उनले विद्यालयमा शिक्षक दरबन्दी मिलानको प्रक्रिया पनि अघि बढिसकेको जानकारी दिएका छन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्