Sunday, September 13, 2026
आइतबार, भाद्र २८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.07 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

फिस्लिङमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउन प्रयास जारी

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–२ फिस्लिङमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। आज बिहान करिब २ः२० बजे पहिरो खसेपछि उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन ठप्प भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार डोजरमार्फत पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ। बिहान ८ बजेसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको उनले जानकारी दिए।

अत्यधिक वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासनले आइतबार राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन क्षेत्र हुँदै सवारी आवागमन अस्थायी रूपमा रोक लगाएको थियो।

प्रहरीका अनुसार पहिरो पन्छाउने कार्य सम्पन्न भएपछि सडक पुनः सञ्चालनमा ल्याइनेछ। वर्षायाममा पहिरोको जोखिम उच्च रहेकाले अत्यावश्यक बाहेकको यात्रा नगर्न तथा यात्रा गर्नुपरेमा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्