Friday, July 31, 2026
शुक्रबार, श्रावण १५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.35 SELL BHD/NPR 410.61 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

कान्सबाट फर्किएको ‘एलिफेन्ट्स इन द फग’ टिमलाई विमानस्थलमा भव्य स्वागत

विश्वप्रसिद्ध Cannes Film Festival मा सहभागिता जनाएर स्वदेश फर्किएको नेपाली फिल्म Elephants in the Fog को टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

फिल्मका निर्देशक अविनाशविक्रम शाह, निर्माता अनुप पौडेल तथा कलाकार पुष्पा लामा लाई नौमती बाजा बजाउँदै फूलमालासहित स्वागत गरिएको हो।

स्वागत कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी लगायत पर्यटन बोर्ड, चलचित्रसम्बन्धी संघसंस्था तथा कलाकार संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा मन्त्रीद्वयले नेपाली फिल्मले अन्तर्राष्ट्रिय स्तरमा मुलुकको नाम उँचो बनाएको भन्दै बधाई दिएका थिए। सूचना तथा सञ्चारमन्त्री तिमिल्सिनाले फरक धारका सिनेमालाई राज्यले प्रोत्साहनस्वरूप विशेष बजेट छुट्याउने बताएका छन्। यस्तै संस्कृति तथा पर्यटनमन्त्री पौडेलले फिल्मकर्मीहरू मुलुकका “अवैतनिक दूत” भएको उल्लेख गरे।

चलचित्र विकास बोर्डले यसैसाता सम्मान कार्यक्रम आयोजना गरी फिल्म टिमलाई साढे दुई लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ। सरकार र सम्बन्धित निकायबाट सम्मान पाएपछि फिल्म निर्माण टोली उत्साहित देखिएको थियो।

उक्त फिल्म हालै सम्पन्न Cannes Film Festival अन्तर्गत ‘अन सर्टेन रिगार्ड’ विधामा विश्व प्रिमियर भएको थियो। साथै फिल्मले सोही विधामा जुरी पुरस्कारसमेत जित्न सफल भएको छ।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्