Thursday, July 30, 2026
बिहीबार, श्रावण १४, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.28 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

सडकपेटीमा जीविकोपार्जनको अधिकार माग्दै दृष्टिविहीन नागरिकको माइतीघरमा प्रदर्शन

सडकपेटीमा आश्रित दृष्टिविहीन नागरिकहरूले आफ्नो जीविकोपार्जनको अधिकार सुनिश्चित गर्न माग गर्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

काठमाडौं महानगरपालिकाले सडकपेटी, मठमन्दिर तथा सार्वजनिक चोकहरूमा व्यापार तथा अन्य काम गर्न नदिएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले राज्यले दृष्टिविहीन नागरिकहरूको जीवनयापनका लागि आवश्यक व्यवस्था गर्न नसकेको आरोप लगाएका छन्।

प्रदर्शनका क्रममा सडकपेटी आश्रित दृष्टिविहीन नागरिक सुदीप ओलीले सरकारले दृष्टिविहीनहरूको गाँस, बास र कपासको ग्यारेन्टी नगरेको तर जीविकोपार्जनका लागि सडकमा गरिने साना व्यवसायसमेत रोक्ने काम गरेको गुनासो गरे।

उनले नगरप्रहरीले पटक–पटक आएर दमन गर्ने, दिनभर होल्डिङ सेन्टरमा राख्ने तथा महिलामाथि अभद्र व्यवहार गर्ने गरेको आरोप लगाए। दृष्टिविहीन नागरिकलाई मर्यादित रूपमा सडकपेटीमा व्यापार गर्न दिनुपर्ने र उनीहरूको योग्यता तथा क्षमताअनुसार रोजगारीको व्यवस्था गर्नुपर्ने उनको माग छ।

प्रदर्शनकारीहरूले राज्यले रोजगारी उपलब्ध गराउन नसके बेरोजगार भत्तास्वरूप प्रतिमहिना २० हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने मागसमेत गरेका छन्।

उनीहरूले अपांगता भएका व्यक्तिहरूको सम्मानजनक जीवनयापन, रोजगारको अवसर तथा सामाजिक सुरक्षाको सुनिश्चितताका लागि सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्