Tuesday, September 15, 2026
मङ्गलबार, भाद्र ३०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.34 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ का लागि निर्धारण गरिएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।

मन्त्रालयले कृषि आधुनिकीकरण कार्यक्रम, नेपाल चामल, तेल, दाल उत्पादन संघ तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायत सरोकारवाला निकायलाई न्यूनतम समर्थन मूल्य कार्यान्वयनमा आवश्यक सहयोग गर्न अनुरोध गरेको जनाएको छ।

मन्त्रिपरिषद्को चैत्र २४ गते बसेको बैठकले १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रति क्विन्टल न्यूनतम समर्थन मूल्य २ हजार ८ सय ६६ रुपैयाँ ४१ पैसा निर्धारण गरेको थियो। सोही निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी किसानले उचित मूल्य पाउने वातावरण सुनिश्चित गर्न मन्त्रालयले सम्बन्धित सबै पक्षलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको हो।

मन्त्रालयका अनुसार न्यूनतम समर्थन मूल्यको कार्यान्वयनले किसानको उत्पादनको उचित मूल्य सुनिश्चित गर्नुका साथै कृषि क्षेत्रको संरक्षण र प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्