Friday, July 31, 2026
शुक्रबार, श्रावण १५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.35 SELL BHD/NPR 410.61 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

मन्त्रिपरिषद्का चार निर्णय: सशस्त्रको एआईजीमा पोख्रेल बढुवा, भूमि समस्या समाधान समितिले पायो पूर्णता

सरकारले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ओजोन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन तथा न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकल कार्यान्वयनसँग सम्बन्धित सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वातावरण संरक्षण र ओजोन तहको सुरक्षालाई प्राथमिकता दिँदै उक्त सम्झौतालाई अघि बढाउने निर्णय गरेको हो।

बैठकले गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बल नेपालको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) अन्जनी कुमार पोख्रेललाई बढुवा गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, संवत् २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन अध्ययनका लागि बनाइएको समितिको कार्यावधि थप गरिएको छ। सुरक्षा संयन्त्रसँग सम्बन्धित विषयमा अध्ययन गरी आवश्यक सिफारिस गर्न गठित उक्त समितिको म्याद ४५ दिनका लागि थप गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।

भूमि व्यवस्थापनसँग सम्बन्धित अर्को निर्णयमा सरकारले भूमि समस्या समाधान समितिका रिक्त पदहरूमा नियुक्ति गरेको छ। निर्णयअनुसार कास्कीका बलभद्र बास्तोला समितिको अध्यक्ष नियुक्त भएका छन्। समितिका सदस्यहरूमा काठमाडौंका अमिर प्रसाद न्यौपाने, लमजुङकी पद्मनिती सोती र काठमाडौंकी डा. रोना श्रेष्ठलाई नियुक्त गरिएको छ।

सरकारका यी निर्णयहरू वातावरण संरक्षण, सुरक्षा प्रशासन र भूमि व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण मानिएका छन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्