Monday, September 14, 2026
सोमबार, भाद्र २९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.10 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सर्वोच्चले थप कागजात झिकाउन आदेश दिएपछि विष्णु पौडेल आज पनि रिहा नहुने

एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइमा सर्वोच्च अदालतले थप कागजात झिकाउन आदेश दिएपछि उनी आज पनि रिहा नहुने भएका छन्।

न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले सुनुवाइका क्रममा दीपक भट्टसँग सम्बन्धित मुद्दाको फाइल झिकाउन आदेश दिएको हो। अदालतले उक्त फाइल अध्ययन गरेपछि मात्रै रिटमाथिको थप सुनुवाइ अघि बढाइने जनाएको छ।

आवश्यक कागजात झिकाउने आदेशसँगै बन्दी प्रत्यक्षीकरण रिटमाथिको थप बहस पर्सिका लागि तय गरिएको छ। त्यसअघि पौडेलको रिहाइबारे कुनै निर्णय नहुने भएको छ।

यससँगै पौडेलको कानुनी प्रक्रिया अझै लम्बिएको छ। अब सर्वोच्च अदालतले झिकाइएको फाइलको अध्ययनपछि आगामी सुनुवाइमा रिटमाथि थप बहस गर्दै रिहाइ वा अन्य कानुनी आदेशबारे निर्णय गर्ने अपेक्षा गरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्