Thursday, July 30, 2026
बिहीबार, श्रावण १४, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.28 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

वीरगन्जका सफाइकर्मी आन्दोलनमा, सडकमै फोहोर थुपारेर विरोध

वीरगन्ज महानगरपालिकाअन्तर्गत सरसफाइ व्यवस्थापनको जिम्मा लिएको ठेकेदार कम्पनीका सफाइकर्मीले तलब वृद्धिलगायत विभिन्न माग राख्दै आइतबारदेखि आन्दोलन सुरु गरेका छन्। आन्दोलनको विरोधस्वरूप उनीहरूले घण्टाघर चोक, मीना बजार क्षेत्र तथा महानगरपालिकाको मूल प्रवेशद्वार अगाडि फोहोर थुपारेर प्रदर्शन गरेका छन्।

आन्दोलनका कारण वीरगन्जको नियमित सरसफाइ सेवा प्रभावित हुने संकेत देखिएको छ। माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी सफाइकर्मीहरूले दिएका छन्।

यता, वीरगन्ज महानगरपालिकाले समस्या समाधानका लागि पहल थालेको जनाएको छ। कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले सरसफाइ व्यवस्थापनको अवस्थाबारे विशेष निगरानी भइरहेको बताउँदै ठेक्का लिएका ठेकेदार शिव गुप्तालाई आन्दोलनरत सफाइकर्मीका जायज मागबारे तत्काल छलफल गरी यथाशीघ्र समाधानको पहल गर्न निर्देशन दिएका छन्।

नगरवासीले सरसफाइ सेवामा कुनै असहजता भोग्न नपरोस् भन्ने उद्देश्यले महानगरपालिकाले आवश्यक समन्वय र सहजीकरण गरिरहेको आलमले बताए। उनका अनुसार सरोकारवाला पक्षबीच संवादमार्फत समस्या समाधान गर्ने प्रयास जारी छ।

महानगरपालिकाले सरसफाइ सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिने प्रतिबद्धता दोहोर्‍याउँदै सफाइकर्मी, ठेकेदार कम्पनी र सम्बन्धित पक्षबीच सहमति कायम गरी आन्दोलनको छिटो समाधान निकाल्ने प्रयास भइरहेको जनाएको छ।

उता, सफाइकर्मीहरूले तलब वृद्धि, सेवा–सुविधा तथा श्रम अधिकारसँग सम्बन्धित माग पूरा नभएसम्म आन्दोलन जारी रहने संकेत दिएका छन्। आन्दोलन लम्बिए वीरगन्जको सरसफाइ व्यवस्थापन थप प्रभावित हुने सम्भावना रहेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्